सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी



चितवन, ९ असोज।  

पछिल्लो समय  बढ्दो समस्याका रुपमा रहेको मिर्गौलाका बिरामीका लागि मिर्गौला प्रत्यारोपणको काम सरकारी अस्पताल भरतपुर अस्पतालले थाल्ने तयारी गरेको छ । कूल जनसंख्याको करिब १० प्रतिशतमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या हुने गरेको बताइन्छ । तिनीहरुमध्ये नेपालमा वर्षमा करिब तीन हजारलाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

राजधानीका चार अस्पतालले मिर्गौला प्रत्यारोपण गर्दै आएको भए पनि राजधानी बाहिर हालसम्म प्रत्यारोपणको काम नियमित भएको छैन । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीका अनुसार स्वास्थ्य मन्त्री गिरिराजमणि पोख्रेल राजधानी बाहिर प्रत्यारोपण केन्द्र बनाउनुपर्छ भन्ने पक्षमा छन । पोख्रेलकै निर्देशनमा भरतपुर अस्पताल विकास समितिले प्रत्यारोपण केन्द्र स्थापना गर्न प्रस्ताव अघि बढाउने निर्णयसमेत गरेको छ ।

राजधानीमा सरकारी तवरबाट मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर, शिक्षण अस्पताल महाराजगञ्ज र वीर अस्पतालमा प्रत्यारोपणको काम हुँदै आएको छ ।

निजी क्षेत्रमा ग्र्याण्डी अस्पतालले प्रत्यारोपण गर्दै आएको छ । सरकारले मिर्गौला प्रत्यारोपणका लागि रु पाँच लाख ५० हजार अनुदान दिँदै आएको छ ।