अज्ञात समुहको गोलि लागि युवा संघका दुर्गा तिवारिको मृत्यु - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अज्ञात समुहको गोलि लागि युवा संघका दुर्गा तिवारिको मृत्यु



रूपन्देहीको देवदह नगरपालिका खैरनीमा गोलि चलेको छ । नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी माथि मोटरसाइकलमा सवार अज्ञात समुहले गोली प्रहार गरेको वडा प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

देवदह निबासी तिवारीमाथि कस्ले गाेली हान्याे भन्ने खुल्न सकेकाे छैन । रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले गोली हानेर फरार भएको प्रहरीले जनाएकाे छ । तिवारीकाे थप उपचारको क्रममा मृत्यु भएको स्रोतले बताएको छ ।