काठमाडौं-१ मा रवीन्द्र मिश्रलाई एमालेको पनि साथ ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

काठमाडौं-१ मा रवीन्द्र मिश्रलाई एमालेको पनि साथ !



काठमाडौं । राप्रपाका नेता रवीन्द्र मिश्र काठमाडौं १ बाट निर्वाचन लड्ने तयारीमा छन् । उनले भोलि घोषणा गर्ने सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले भोलि उमेदवारी घोषणाबारे जानकारी गराउने बताएका छन् । बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।

राप्रपाका एक नेताले दिएको जानकारीअनुसार मिश्र काठमाडौं १ कै तयारीमा छन् ।

उनलाई नेकपा एमालेसँगले पनि समर्थन गर्ने देखिएको छ । राप्रपा र एमाले तालमेलका बारेमा अहिले छलफल चलिरहेको छ । यद्यपी यसको छिनोफानो भने भैसकेको छैन ।

नेकपा एमालेले भने सत्ता गठबन्धनको अवस्था हेरेर मात्रै अन्य साना दल तथा समूहसँग तालमेलको मोडालिटी तय गर्ने जनाएको छ ।