राप्रपाको बैठकमा रवीन्द्र मिश्र हाबी- दुई समूहबीच चर्काचर्की - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

राप्रपाको बैठकमा रवीन्द्र मिश्र हाबी- दुई समूहबीच चर्काचर्की



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा मत हाल्ने विषयमा निर्णय लिन बोलाएको बैठकमा चर्काचर्की भएको छ । राष्ट्रपतिका लागि मत दिने र नदिने दुई धार भएपछि चर्काचर्की भएको थियो ।

केही नेताहरुले बैठकमा राष्ट्रपति निर्वाचन आफ्नो पार्टीको एजेण्डा भित्र नपर्ने बताएपछि होहल्ला भएको थियो । उक्त बैठकमा पार्टी सरकारमा सामेल भएको ठूलो गल्ती गरेको आवाज समेत उठेको सहभागी एक नेताले जानकारी दिए ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र समूहले राष्ट्रपतिमा भोट हाल्न नहुने तर्क गरेका थिए भने प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुनुलाई महाभूल भएको बताएका थिए ।

राष्ट्रपतिबारे निर्णय लिन जारी कार्यसम्पादन समितिको बैठकमा राष्ट्रपतिमा भोट हाल्न नहुने पक्षमा केही नेताहरू उभिएका छन् ।

खासगरी रवीन्द्र मिश्र समूह आजको बैठकमा शसक्त रुपमा प्रस्तुत भएको ती नेताले बताए । केही नेताहरुले निर्वाचनपछि अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताले लगातार गल्ती गरेकाले आफ्ना मुद्दा कमजोर बन्दै गएको बताएका थिए ।