मिश्रले आफ्नो सेटिङ मिलाए अन्य नेताहरूको बिजोग बनाए - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मिश्रले आफ्नो सेटिङ मिलाए अन्य नेताहरूको बिजोग बनाए



काठमाडौं– विवेकशील साझा परित्याग गरेका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । उनले आफ्नो सेटिङ मिलाएर पार्टी परिवर्तन गरेपछि विवेकशील साझाका केही नेताहरूको कन्तबिजोग भएको छ ।

उनी राप्रपामा लागेपछि मिश्रसँग निकट रहेका विवेकशीलका ६ प्रदेश संयोजकले पदबाट राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा सुदूरपश्चिमका दिनेश भण्डारी, कर्णालीका कर्णबहादुर शाही (इन्चार्ज), लुम्बिनीका अनुपमान सैंजू, गण्डकीका सुशीला केसी अधिकारी, बाग्मतीका उज्ज्वलकृष्ण श्रेष्ठ र मधेसका धनपति महतो रहेका छन् ।

ती नेताहरूको बिचल्ली भएको बताइएको छ । प्रदेश १ का इन्चार्ज प्रकाशचन्द्र परियार भने विवेकशील–साझामै रहनेछन् । उनलाई पार्टीले हालै प्रवक्ताको जिम्मेवारी दिएको छ ।

बुधबार दिउँसो १ बजे काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा एकता घोषणापत्रमा हस्ताक्षर गर्दै मिश्र राप्रपा प्रवेश गरेका हुन् । उनीसँगै विवेकशील साझाका १ दर्जन केन्द्रीय सदस्य राप्रपा प्रवेश गरेका छन् ।

जसमा केन्द्रीय सदस्य नारायण कोइराला, कर्णबहादुर शाही, हरि गौतम, पूर्ण शाही, धर्म शाक्य, मुरली मिश्र माधव भण्डारी, शान्ता गिरी, सुरेन्द्र शाह, डम्बर खत्री लगायत छन् ।