मिसन नेपालको अर्घाखाँचीमा शाखा स्थापना - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

मिसन नेपालको अर्घाखाँचीमा शाखा स्थापना



तेजेन्द्र पाण्डे
अर्घाखाँची, २५ मंसिर
सामाजिक विकृती, विरुद्ध र जनचेतना मुलक कार्यमा सकृय रहने गरी अर्घाखाँचीमा शाखा रहित मिसन नेपालको स्थापना भएको छ । भ्रष्ट्राचार, अन्याय, अत्याचार लगायत सामाजिक विकृति विरुद्धका कार्यमा क्रियासिल सामाजिक अभियानात्मक संस्था मिसन नेपालले विश्व मानव अधिकार दिवसको अवसरमा शनिवार अर्घाखाँची स्थापना भएको छ ।

सार्वभौमसत्ता सम्पन्न जनतामा रहेको बिबिध अधिकारको बारेमा जनचेतना फैलाइ स्वच्छ समाज निर्माण गर्ने कार्यमा संस्था सकृय रहने छ । अर्घाखाँची बाहेक सोही संस्था २८ जिल्लामा सकृय छ, र अन्य जिल्लाहरुमा विस्तार हुदैछ ।

अर्घाखाँची जिल्लाको शाखा गठन कार्य मिसन नेपालका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद सर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । ११ सदस्यीय कार्यसमितिको अध्यक्षमा मदन नेपाली रहेका छन ।

त्यसैगरी उपाध्यक्षमा समिक्षा आचार्य ,सचिवमा सिमा केसि, सहसचिवमा सागर परिवार, कोषाध्यमा कृष्न खनाल र सहकोषाध्यमा तेजेन्द्र पाण्डे चयन भएका छन । त्यसै गरि सदस्यमा रन्जित परियार, सुशील बेल्बासे, सुभास पौडेल, सपना श्रेष्ठ र राजेस सुनुवार रहेका छन ।