मिठाईमा यसरी ठगिन्छन ग्राहक - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मिठाईमा यसरी ठगिन्छन ग्राहक



कार्तिक २, काठमाडौं-

बिशेष गरि चाड पर्वमा मिठाइ किन्दा उपभोक्ताहरु अत्यधिक ठगिने गरेका छन् । यो समयमा मिठाइजन्य कारोवार उच्च हुने गर्छ ।

विभिन्न प्रकारका मिठाईहरुमा प्रतिकिलो १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्म व्यापारीले असुल्ने गरेको पाइएको छ ।

बढी मूल्य लिएको भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संंरक्षण विभागले काठमाडौं बानेस्वरस्थित संगम स्वीटलाई चित्त बुझ्दो जवाफ पेस गर्न निर्देशन दिएको छ ।

तिहार नजिकिएसँगै अन्य समयको तुलनामा मिठाई पसलमा ग्राहकको भिड दिनप्रतिदिन बढेको छ ।

आजको नेपाल समाचारपत्रमा यो खबर छ ।