५७ वर्षको उमेरमा पूर्वमन्त्री मिथिलाको निधन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

५७ वर्षको उमेरमा पूर्वमन्त्री मिथिलाको निधन



पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ ।

भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको निधन भएको छोरी रक्षाले जानकारी दिएकी छन् ।

मिथिला संविधानसभा सदस्यसमेत थिइन् । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् ।

उनका श्रीमान्, एक छोरा र दुई छोरी छन् ।