आजदेखि विदेशबाट मोबाइल ल्याउन नपाइने, ल्याए जफत गरिने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आजदेखि विदेशबाट मोबाइल ल्याउन नपाइने, ल्याए जफत गरिने



काठमाडौं । सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ ।

अनधिकृत रूपमा आयात हुने मोबाइल फोनको वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न गत भदौ ३० गतेबाट नेपाल दूरसञ्चार प्राधिकरणले उक्त प्रणालीको परीक्षण सुरु गरेको थियो । तर आजबाट भने प्राधिकरणले पूर्ण रुपमा कार्यान्वयन गर्ने भएको हो ।

सर्वसाधारणहरूलाई आफूले बोक्ने मोबाइल फोन उक्त प्रणालीमा सूचिकृत रहे–नरहेको यकिन गर्न समेत प्राधिकरणले ताकेता गर्दै आएको थियो ।

दूरसञ्चार नियामक निकाय प्राधिकरणले शुक्रवारबाट यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आउने हुँदा एमडीएमएस प्रणालीमा दर्ता नभएका वा भदौ महिनाभन्दा अगाडि प्रयोगमा नरहेका मोबाइल फोनहरू उक्त प्रणालीमा अद्यावधिक गर्न आग्रह गरेको छ ।

त्यसैले अब विदेशबाट फर्कदा तपाईले आफ्ना साथीभाई वा आफ्न्तलाई मोबाइल फोन वा ल्यापटप उपहार ल्याईदिँदै हुनुहुन्छ भने ती सामान विमानस्थल भन्सार कार्यालयले जफत गर्नेछ ।

विदेशबाट फर्किँदा आफूले प्रयोग गरिरहेको भन्दा अतिरिक्त मोबाइल र एक थानभन्दा बढी ल्यापटप, क्यामेरा वा पेनड्राइभ ल्याउन पाइनेछैन् । कतै लुकाएर ल्याए पनि सिम कार्ड राखेर प्रयोग गर्न थालेको १५ दिनपछि फोन वा म्यासेज पाइनेछैन् ।

यस्ता मोबाइललाई पूर्ण बैधानिक बनाउने सकारको दाबी छ । विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले अवैध माेबाइल रोक्न यस्तो सिस्टम ल्याएको दाबी गरे ।

पौडेलका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य मुख्य नाकाबाट प्रवेश गर्दा सर्वसाधारणले भन्सार कार्यालयले राखेका काउन्टरमा आफूले बोकेको मोबाइल फोन देखाउनुपर्ने छ ।

सरकारले व्यापारीको दबाबमा यस्तो नीति ल्याएको भन्दै नागरिक स्तरबाट भने चर्को विरोध भइरहेको छ । विदेश आउने रेमिट्यान्स चाँही चल्ने तर मोबाइल नचल्ने भन्दै सामाजिक सञ्जालमा चर्को विरोध सुरु भएको छ ।