मोडल बिक्रम र नायिका सिल्पा देखिए मन छुने “ म बाचेकै” बोलको अाधुनिक गीतमा (भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

मोडल बिक्रम र नायिका सिल्पा देखिए मन छुने “ म बाचेकै” बोलको अाधुनिक गीतमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे/चैत्र  २६ 

एक पछी अर्को उत्कृष्ट म्युजिक भिडियोहरु मा अभिनय गरेर सबैको मन जित्न सफल पछिल्लो समयका ब्यस्त मोडल बिक्रम बोढाथोकीको फेरी अर्को उत्कृष्ट अाधुनिक गीत “ म बाचेकै” बोलको भिडियो डिजिटलमा सार्वजनिक भएको छ ।

म बाचेकै तिमी संग माया लाउन हो को गीतमा स्वर अहिलेका चर्चित गायक प्रमोद खरेलको छ भने संगीत अाशिष अविरलको रहेको छ यस्तै बहुचर्चित सर्जक एकनारायण भण्डारीको उत्कृष्ट शब्द सृजनामा बजारमा अाएको हो ।

भिडियोमा अहिलेकी चर्चित नायिका तथा मोडल शिल्पा पोखरेलले बिक्रमलाई साथ दिएकी छन माया प्रेम भित्र का पिडा र मिलन लाई देखाउन खोजिएको भिडियोमा क्रान्ति के.सीको निर्देशन र सम्पादन रहेको छ भिडियोलाई अर्जुन तिवारीले खिचेका छन ।

गीतलाई सितरा म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।