मोडल महेन्द्रलाई पहिला माया गर्न सिकाउने सारिका किन टाढा हुदै छिन (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मोडल महेन्द्रलाई पहिला माया गर्न सिकाउने सारिका किन टाढा हुदै छिन (भिडियो सहित)



देबेन्द्र केसी, नयाँ दिल्ली ।
भनिन्छ मित्रताको कुनै सिमा हुदैन । यो सोह्रै आना सहि साबित हुन्छ टिका सुबेदी र टिका पौडेलको जोडीलाई हेर्दा । नेपालको गुल्मीका ग्रामिण गल्लीहरुबाट सुरू भएको डबल टीको यात्रा बैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुग्दा पनि जमिरहेको छ त्यो पनि स्निध्न रुपमा ।

त्यसैले त उनको जोडीलाई “धेरै माया गर्छु” भन्दापनि छुटाउन सकिनन मोडेल सारिकाले । प्रसंग हो टि एण्ड टी मिडियाले बजारमा ल्याएको एल्बम “धेरै माया गर्ने”को, महेन्द्र गौतम, सारिका केसी र रमेश चालिसेको अभिनय रहेको एल्बमलाई अजय रेग्मीले खिचेका छन । सिवन पोख्रेल निर्देशित एल्बमलाई अनुप सिवाकोटीले सम्पादन गरेका हुन ।

प्रविधिको बेखुबी प्रयोग गरिएको यस एल्बमलाई गायिका नेपालमा र गायक दक्षिण कोरियामा रहेर गित रेकर्ड गरेका थिए । यसरी नेपाली लोक ईतिहास मै पहिलो पटक गायक टिका पौडैललाई दक्षिण कोरियाको बबलगम रेकर्डिङ्ग स्टुडियो र गायिका जुना श्रीसले नेपालको मालश्री रेकर्डिङ्ग स्टुडियोबाट आवाज रेकर्ड गराएका थिए ।

टिका सुबेदी र गणेश पौडेलको लगानी रहेको ऐल्वमलाई मन्जुश्री फिलिम्सले दृश्य निर्माण गरेको छ । स्मरण रहोस बिगतमा थुप्रै एल्वमहरु रिलिज गरेका टिका द्वयको पछिल्लो ऐल्वम “भुँईचालोले भत्काएनी” चर्चामा आउन सफल भएको थियो ।