कलाकारितामा जम्दै मोडल रिता कार्की (फोटो फिचर सहित) - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

कलाकारितामा जम्दै मोडल रिता कार्की (फोटो फिचर सहित)



समिर प्रकाश पाण्डे

सिन्धुपाल्चोकको मार्मिङ गा.बि.समा २०५४ सालमा जन्मिएकी रिता कार्की भर्खरै मोडलिङ् क्षेत्रमा प्रवेश गरेकी मोडल हुन। केही स्टेस कार्यक्रममा डान्स गर्दा गर्दै विभिन्न विज्ञापनहरुमा मोडलिङ गरिसकेकी कार्की पछिल्लो समयमा म्यूजिक भिडियो तथा हट फोटो सुटमा सक्रिय छिन् ।

उमेरले भर्खरै १९ टेकेकी रिता भविष्यमा नायिका बन्ने अभिलाषा बोकेर कलाकारिता क्षेत्रमा प्रवेश गरेकी बताउँछिन् । कथावस्तुले मागेको सभ्य सिन दिन आफु तयार रहेको बताउने कार्कीले कथाले माग्यो भन्दैमा आफ्नो घर परिवारको पनि ख्याल गर्नुपर्ने बताईन् ।

एक असल कलाकार बनेर चिनिन चाहाने लक्ष्यका साथ कलाकारिता क्षेत्रमा लागेको बताउने रिता अन्य क्षेत्र जस्तै कलाकारिता क्षेत्रमा पनि संघर्ष गर्नु पर्ने अनुभव संगालेकी छिन् ।

पछिलो समय धेरै प्रेम प्रस्ताव अाउने गरे पनि अहिले संम प्रेममा नपरेको बताउने रिता सेक्सको बारेमा यसो भन्छिन सेक्स एक प्रकृतिक देन हो र सन्तान उत्पादन गर्ने माध्यम पनि त्यसैले यो सम्बन्धले माया प्रेमलाई अझै कसिलो बनाउछ सेक्सको अनुभव छ? भन्ने हाम्रो प्रश्नमा उनि हास्दै भन्छिन , सेक्सको अनुभव छैन तर किसको भने मज्जाले छ ।

पछिल्लो समयमा ग्लामर चलचित्रहरुको निर्माणले तीव्रता पाएकोले केही हदसम्म त ग्लामर दिन आफु तयार रहे पनि समाजले पचाउन नसक्ने भल्गर बन्नु नहुनेमा जोड दिन्छिन् रिता छ महिनाको अभिनय/ डान्स /फाईटिङ कोर्ष समेत पूरा गरिसकेकी कार्की आगामी दिनमा कलाकारिता क्षेत्रमा अझ बढि सक्रियता साथ अघि बढ्ने बताउछिन् ।

received_1449381551745827 received_1449381585079157 received_1449381588412490 received_1449381628412486 received_1449381658412483 received_1698549307138727 received_1698550230471968