मोदीले दिए चीनलाई चेतावनी: 'अब चल्दैन तिम्रो विस्तारवाद' - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मोदीले दिए चीनलाई चेतावनी: ‘अब चल्दैन तिम्रो विस्तारवाद’



काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान अचानक भारतको उत्तरी सीमा लेह पुगे र त्यहाँ सीमामा तैनाथ सैनिकलाई सम्बोधन गरेका छन् ।

उनले आफ्नो सम्बोधनमा १४ कोरको बहादुरी दुनियाको हरेक ठाउँमा फैलिएको बताएका छन् ।

उनले सम्बोधनका क्रममा गलवान उपत्यका भारतको रहेको दाबी गरेका छन् । चीनको नाम नलिएर बोलेका मोदीले विस्तारवादको युग अब सकिएको चेतावनी दिएका छन् ।

यस क्रममा उनले सेनाका जवानसँग भनेका छन्, ‘तपाईँहरु जुन सेवा गरिरहनुभएको छ त्यसको बराबरी विश्वमै कोही छैन ।’