मोदी सबैभन्दा ठुलो भ्रस्टाचारी ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मोदी सबैभन्दा ठुलो भ्रस्टाचारी !



नयाँ दिल्ली-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय कांग्रेस आईका अधक्ष्य राहुल गान्धीले सबै भन्दा भ्रस्टाचारी भएको बताएका छन् । राहुलले सदाचारी कुरा गर्दै हिड्ने, र भ्रष्ट्राचार बिरुद्ध लडेको बताउने मोदीनै १ नम्बरका भ्रस्टाचारी रहेको बताएका हुन् ।

सनिबार संचारकर्मीसँग कुरा गर्दै उनले भने यहांहरुले प्रत्यक्ष देखेको कुरा हो मोदीले कर्नाटकमा कसरी खुल्लम खुल्ला प्रधानमन्त्रीले विधायकहरूलाई किनबेच गर्न अधिकार दिइरहेका छन्।’यो घटनाले प्रधानमन्त्रीको कद घटाएको छ र यसले मोदीको बास्तविकता पनि छर्लङ्गै भएको छ ।

राहुलले भारतमा जनता नै सर्वोच्च रहेको र उनीहरूको आकांक्षा नै प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। नेता गान्धीले कर्नाटका जनता, कंग्रेस आई र जनता दलका नेता, कार्यकर्ता र शुभेच्छुकलार्ई कर्नाटकको निर्वाचनमा देखाएको भ्रष्टाचार विरुद्धको ऐक्यबद्धताका लागि धन्यवाद पनि दिए। यो संगै अन्यदलहरुले भाजपाको बिरुद्धमा गरेको एक्यबद्धताको पनि मुक्तकण्ठले प्रसंशा गरे ।

पत्रकारहरुसंगको कुराकानीमा उनले अगाडी भनेका छन् ‘मलाई लाग्छ, भाजपा र राष्ट्रिय स्वयंसेवक दल (आरएसएस)ले पाठ सिक्नुपर्छ कि भारतीय समाज, जनता चाहना र व्यवस्थालाई यो देशमा अनादर गर्न सम्भव छैन।’ भाजपाका विधायक तथा सभामुख राष्ट्रिय गानभन्दा पहिले किन सदन छोडेर बाहिर गए भन्दै यसले प्रश्न खडा गरेको गान्धीले बताए। ‘तपाईंले थाहा पाउनुभयो, कर्नाटकमा सम्पूर्ण प्रयासका बाबजुद पनि भाजपाका विधायक र सभामुख राष्ट्रियगान पहिले नै निस्किए। आज हामी यसैका विरुद्ध लडिरहेका छौँ।’

कर्नाटकमा राज्य सरकारका गभर्नर वजुभाई आरवालाले कंग्रेस र जनता दलको गठबन्धनमा बहुमत विधायक रहँदारहँदै पनि भाजपालाई सरकार गठनका लागि बोलाएपछि राजनीतिक संकट उत्पन्न भएको थियो। वालाले येदियुरप्पा सरकारलाई बहुमत पुष्टि गर्न १५ दिनको समय दिएको थियो। त्यसपछि कंग्रेसले भारतीय सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो। तत्पश्चात उक्त मुद्दामा मध्यरातमा तीन न्यायाधीश एके सिक्री, एस ए वोब्दे र अशोक भूषणको बेन्चले सुनुवाइ गरी येदियुरप्पालाई शनिबारसम्म बहुमत पुष्टि गर्न आदेश दिएको थियो।

यो घटनाले भाजपा र मोदी भारतमा अलोकप्रिय बन्दैछन् भन्ने पुष्टि पनि गर्छ । यो मात्रै होइन भारतमा मोदी र भाजपाको पहुँच खस्केको महसुस हुन्छ । पछिल्लो समय मोदीले सदाचार र आदर्शका कुरामात्रै गर्ने र सपना मात्र बाड्ने गरेको आरोप खेप्दै आइरहेका छन् ।