स्वराजको पार्थिव शरीर देखेर मोदी रोए - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

स्वराजको पार्थिव शरीर देखेर मोदी रोए



एजेन्सी – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो कार्यकालमा विदेशमन्त्री रहेकी सुषमा स्वराजको पार्थिव शरीर देखेर मोदी निकै भावुक बनेका छन् ।

मंगलवार साँझ स्वराजको निधन भएको हो । बुधवार स्वराजको दिल्लीस्थित आवासमा राखिएको पार्थिव शरीरका अगाडि हात जोडेका प्रधानमन्त्रीको आँखामा आँसु छचल्किएको थियो ।

स्वराज भारतीय जनता पार्टीको अत्यन्तै वाक्पटु र लोकप्रिय नेता थिइन् । उनलाई श्रद्धाञ्जली दिने क्रममा मोदी भावुक भए । प्रधानमन्त्रीले अत्यन्त भावुक वातावरणमाझ सुषमाकी छोरी बाँसुरी स्वराजको शिरमा हात राखेर उनलाई ढाढस दिए ।

प्रधानमन्त्रीले स्वराजलाई श्रद्धाञ्जलि दिँदा उपराष्ट्रपति वेंकैया नायडु उपस्थित थिए । मोदी सुषमा स्वराजको पार्थिव शरीरका अगाडि रुन पुगे ।