बीबीसीले मोदीबारे बनाएको डकुमेन्ट्री भारतमा प्रदर्शनका लागि रोक - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बीबीसीले मोदीबारे बनाएको डकुमेन्ट्री भारतमा प्रदर्शनका लागि रोक



काठमाडौं । भारतमा प्रधानमन्त्री नरेन्‍द्र मोदीबारे बनाइएको वृत्तचित्र (डकुमेन्ट्री) प्रदर्शनका लागि रोक लगाइएको छ ।

सन् २००२ मा गुजरातको मुख्यमन्त्री रहेका बेलामा भएको दंगामा मोदीको भूमिकामाथि प्रश्न उठाएर बनाइएको बिबिसीको वृत्तचित्र प्रशारण गर्न रोक लगाएको रोयटर्सले जनाएको छ ।

भारतको सुचना तथा प्रविधिसम्बन्धी कानुनको आपतकालीन व्यवस्थालाई टेकेर मोदीबारे बनेको वृत्तचित्र प्रदर्शनमा रोक लगाइएको सरकारका सल्लाहकार कञ्चन गुप्ताले बताएका छन् ।

त्यस कानुनमा आपतकालीन अवस्थामा सरकारले आवश्यक कदम चाल्न सक्ने उल्लेख छ । भारत सरकारले त्यस वित्त चित्रको लिंक समावेश गरी भएका ५० भन्‍दा बढी ट्वीट ब्लक गर्न पनि ट्वीटरलाई पत्राचार गरेको छ ।

बिबिसीले गुजरात दंगामा आधारित रहेर वृत्तचित्र बनाएको छ। हिन्दु र मुस्लिमबीचको दंगामा एक हजार बढीले ज्यान गुमाएका थिए । त्‍यस दंगा नियन्त्रणमा तत्कालीन मुख्यमन्त्रीको हैसियतमा मोदीले प्रभावकारी भुमिका निर्वाह नगरेको र उल्टै दंगा भड्काएको आरोप उनी माथि छ ।