मोदीले किन दिए इमरान खानलाई धन्यवाद ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

मोदीले किन दिए इमरान खानलाई धन्यवाद ?



एजेन्सी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन् ।

भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनका लागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएका हुन् ।

पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरुको भ्रमणका लागि पाकिस्तानले त्यस्तो व्यवस्था गरिदिएको जनाइएको छ ।

सन्चारमाध्यमलाई प्रतिक्रिया दिनेक्रममा प्रधानमन्त्री मोदीले भने–‘पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको संवेदनशीलतालाई बुझिदिनुभएको छ र सहयोग गर्नुभएको छ । त्यसैले म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’