मोदीले सम्झिए आदिकवी भानुभक्त आचार्यलाई - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मोदीले सम्झिए आदिकवी भानुभक्त आचार्यलाई



एजेन्सी :ममता बनर्जी नेतृत्वको पश्चिम बंगाल सरकारले लगाएका रोकका बाबजुद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जल्पाइगुडीमा एउटा आमसभालाई सम्बोधन गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले सम्बोधनको सुरुमै जल्पाइगुडीलगायतका क्षेत्र भगवान शिवको आर्शीवाद पाएको भूभाग भएको बताए । उनी त्यतिमै सीमित भएनन् । त्यहाँको जनजातिको संस्कृतिको प्रचार गर्ने पञ्चानन वर्माको कर्मस्थल रहेको बताए ।

मोदीले आफ्नो सम्बोधनमा आदिकवि भानुभक्तलाई पनि सम्झिन भ्याए । उनले भने, ‘यो धरती नेपाली भाषाका आदिकवि आचार्यको पनि कर्मभूमि हो । जसले रामायणलाई संस्कृतबाट नेपाली भाषामा अनुवाद गरे ।’

योसँगै यो हप्तामै पश्चिम बंगालमा तीनवटा आमसभालाई मोदीले सम्बोधन गरेका छन् । प्रधानमन्त्री मोदीले मुख्यमन्त्री ममता बनर्जीको सरकारले पश्चिम बंगालका नागरिकलाई दुःखी बनाएको आरोप लगाए । पश्चिम बंगाल सरकारले प्रधानमन्त्रीको सम्बोधनलाई ठाउँ नदिएपछि भाडामा मैदान लिएर आमसभा गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

केही दिनदेखि केन्द्र सरकारको हस्तक्षेपको विरोधमा धर्नामा बसेकी मुख्यमन्त्री ममता बनर्जीलाई व्यङ्ग्य गर्दै मोदीले भने, ‘देशको अर्थतन्त्र लुट्नेहरुको समर्थनमा धर्नामा बसेकी छिन् ।