मोदीको निर्देशन: नेपालबारे जथाभावी नबोल्नु - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

मोदीको निर्देशन: नेपालबारे जथाभावी नबोल्नु



काठमाडौं- नेपाल–भारतबीच सीमा समस्याका कारण सम्बन्ध निकै चिसिएको छ । खासगरी भारतले पछिल्लो समय नेपालको भूभाग अतिक्रमण गरी मानसरोबर जाने बाटो बनाएर उद्घाटन गरेपश्चात सम्बन्धमा तिक्तता आएको हो ।

यसअघि भारतले नेपालको भूमी समेटेर नक्सा समेत जारी गरेको थियो । त्यो भन्दा अगाडी नाकाबन्दी गरेका कारण नेपालमा मोदी र भारतपविरोधी अभियान नै चलेको छ । मोदीको सरकार बनेपछि नेपालसंगको सम्बन्ध सुध्रिने अपेक्षा गरिएपनि सम्बन्ध त्यसको ठिक विपरित बनेको छ । खासमा नेपालमा भारतविरोधी माहोल बनाउन भारतीय मिडिया र केहि नेताहरूनै लागिपरेका छन् ।

सीमा विवाद बल्झिएपछि वार्तामा बस्न नेपालले पटक पटक गरेको आग्रहलाई भारतले भने टरेको अवस्था छैन । समस्या सुल्झाउन भारतले आनकानी गर्न थालेपछि नेपालले पनि आफ्नो नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा जारी गरेको छ । नयाँ नक्सा जारी गरेपश्चात भारतमा यसले छुट्टै तरङ्ग नै ल्याएको छ । त्यसैमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भारतको व्यहावबारे खरो उत्रिएपछी भारतका केहि नेता र धेरै मिडियाको टाउको दुखाई बनेको छ ।

मन्त्रि र मिडियाले नेपाल भारत सीमा विवादको बिषयमा जे पायो त्यहि बोल्ने गरेकाले अहिले माहोल नै बिथोलिएको छ । यसले थप सङ्कट ल्याउने देखिएपछि मोदी सरकारले नेपालविरोधी भावना कम गर्न निर्देशन नै जारी गर्नुपत्रने अवस्था सिर्जना भएको छ ।

नेपाल र नेपालीबारे जथाभावी प्रचार गर्ने भारतीय सञ्चारमाध्यम र केहि नेताहरूको रवैयालाई मोदी सरकारले नियन्त्रण गर्नको लागि निर्देशन नै जारी गरेको बताइएको छ । पुस्तौं देखिएको नेपाल-भारत सम्बन्धमा नै खटपट हुनेगरी प्रचारबाजी भएपछि मोदीले निर्देशन दिएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्ना सञ्चार माध्यमहरु र केहि नेताहरूलाई नेपालसँगको सम्बन्धमा दरार आउने खालका र नेपालबारे अध्ययन नगरिएका जथाभावी समाचार सम्प्रेषण नगर्न निर्देशन दिएका छन् । भारतीय जनता पार्टीका नेतासमेत रहेका मोदीले नेपालविरुद्ध आक्रमक रुपमा प्रस्तुत नहुन सञ्चार माध्यम र नेताहरूलाई निर्देशन दिएका हुन् ।

साथै भाजपाका नेता सांसद सुब्रमण्यम स्वामीले नेपालसँगको सम्बन्ध सुधार्न मोदी सरकारलाई सुझावसमेत दिएका छन् । प्रधानमन्त्री मोदीले विदेश मन्त्रालयका कूटनीतिज्ञलाई नेपाली समकक्षीसँग सभ्य, शिष्ट भाषामा छलफल गर्न निर्देशन दिनुपर्ने नेता स्वामीको सुझाव छ ।