ट्रम्प हिँड्ने बाटोमा फोहोर र झुपडी छेक्न पर्खाल लगाउँदै मोदी सरकार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ट्रम्प हिँड्ने बाटोमा फोहोर र झुपडी छेक्न पर्खाल लगाउँदै मोदी सरकार



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प यही फेब्रुअरी २४ मा भारत भ्रमणमा आउँदैछन् ।

उनलाई गुजरातमा भव्य स्वागतको तयारी गरिएको छ । तर ट्रम्प दम्पती हिँड्ने बाटो आसपास फोहोरमैला ढाक्ने गरी पर्खाल निर्माण गरिने भएको छ ।

गुजरातमा देखिने फोहोर र झुपडी छोप्ने गरी पर्खाल निर्माण गरिने भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सडक विस्तार कार्यक्रम योजना अन्तर्गत पर्खाल र सडक समेत निर्माण गरिने बताइएको छ ।

अहमदाबाद एयरपोर्टबाट गान्धीनगरसम्मको सडक छेउमा पर्खाल निर्माण गरिन लागिएको हो ।

सात फिट अग्लो उक्त पर्खाल स्थानीय सुकुमवासी बस्ती ढाक्ने गरी बनाउन लागिएको हो ।
जहाँ दुई हजार सुकुमवासी परिवार र झुपडी रहँदैआएका छन् ।

यहाँ निर्माणका लागि दिनरात गरी कामदार खटिएका छन् । मोदी र विजय रुपनी नेतृत्वको गुजरात सरकार मिलेर ‘केम छो ट्रम्प’ कार्यक्रम आयोजना गर्दैछन् ।

उक्त कार्यक्रममा एक लाख मानिस उपस्थित हुने अपेक्षा गरिएको छ ।