मोदीलाई सन्देश पठाएपछि राखी सावन्तको ट्विटर अकाउन्ट बन्द - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मोदीलाई सन्देश पठाएपछि राखी सावन्तको ट्विटर अकाउन्ट बन्द



नयाँदिल्ली । बलिउड अभिनेत्री राखी सावन्तको ट्विटर अकाउन्ट बन्द भएको छ ।

भारतले संविधानको धारा ३७० को खारेजगरेपछि उनले बनाएको एउटा भिडियोका कारण उनको ट्विटर अकाउन्ड बन्द भएको हो ।

रिपब्लिकन पार्टी अफ इन्डिया (ए) को महिला विभागकी अध्यक्ष समेत रहेकि सावन्तले जम्मू–कश्मीरको सम्बन्धमा मोदीलाई धन्यवाद दिँदै बनाएको भिडियोले सामाजिक सञ्जालमा चर्चा पाएको छ।

उनले भनेकी छिन्, ‘मोदी जि धन्यवाद ! हाम्रो कानुन त्यहाँ लागू भएको छ । कश्मीर हाम्रो भएको छ । मलाई तपाईंप्रति गर्व छ । तपाईं एकदमै महान् हुनुहुन्छ।’ ‘हाम्रा नेता कस्ता छन्, हाम्रा प्रधानमन्त्री कस्ता छन्, मोदी जी जस्ता छन्’ । ‘मोदी जी, तपाईं करोडौँ वर्षसम्म बाँचिरहनुहोस् । हामी सबै तपाईंकै सन्तान हौँ ।’