ट्रम्प-मोदीले गरे फोनवार्ता, यस्तो भयो कुराकानी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ट्रम्प-मोदीले गरे फोनवार्ता, यस्तो भयो कुराकानी



एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीवीच टेलिफोन वार्ता भएको छ । करिव २५ मिनेट लामो फोन वार्तामा द्धिपक्षिय हितका साथै कोभिड -१९,जी -७ को वैठक र भारत र चीनवीच सीमा क्षेत्रमा भइरहेको तनावको विषयमा छलफल भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भारतिय प्रधानमन्त्रीलाई जी-७ वैठकमा सामेल हुन निम्तो दिएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् । दुवै नेताले अमेरिकामा भएको हिंसा,चीन र भारतवीच भइरहेको सीमा विवाद ,कोरोना भाइरसको महामारी र डब्लुएचओमा सुधार गर्नुपर्ने विषयमा छलफल भएको नवभारत टाइम्सले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प जी-२० को महत्वलाई कम गर्न जी ७ लाई विस्तार गर्ने योजनामा छन् । जी-७ मा भारतसहित रुस, साउथ कोरिया र अष्ट्रेलियालाई सामेल गराउने योजनामा ट्रम्प छन् । चीन र अमेरिकाकाबीचको सम्बन्ध खराव भइरहेको बेला उनले मोदीसंग फोन वार्ता गर्दै जी-७ मा भारतिय प्रधानमन्त्री मोदीलाई निम्तो दिएका हुन् । मोदीले निम्तोका लागी धन्यवाद दिंदै मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

चीन र भारतको वीचमा सीमा विवाद भइरहेको बेला अमेरिकाले मध्यस्थता गर्न अमेरिका तयार ट्रम्पले बताए पनि उक्त प्रस्ताव दुवै देशले अस्विकार गरेका थिए ।

दुवै देशबीच सीमा विवाद बढेपछि ७ जुनमा उच्च तहको सैनिक वैठक वस्न लागेको भारतिय रक्षामन्त्री राजनाथ सिंहले जानकारी दिएका छन् । जसमा पूवी लद्दाख सीमामा भएको समस्याको समाधान निकाल्ने अपेक्षा गरिएको छ ।