मोदीको अगाडी यसरी कुरा फेरे डोनाल्ड ट्रम्पले - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मोदीको अगाडी यसरी कुरा फेरे डोनाल्ड ट्रम्पले



एजेन्सी-भारतीय सरकारले काश्मिर तनाव नियन्त्रणभित्र रहेको महशुस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन् ।

काश्मिर तनावबारे भारत र पाकिस्तानसँग मध्यस्थता गर्नु आवश्यकता नरहने आफूले महशुस गरेको राष्ट्रपति ट्रम्पले फ्रान्सको वियारिजमा भइरहेको जी–सेभेन सम्मेलनका अवसरमा बताएका हुन् ।
यसै महिनाको शुरूमा राष्ट्रपति ट्रम्पले आवश्यक परे काश्मिर बिषयमा अमेरिकाले मध्यस्थता गर्ने बताएका थिए ।

तर फ्रान्समा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि उनले भने, “काश्मिर समस्या विल्कुल भारतको नियन्त्रणमा रहेको प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गर्नुभयो ।”

भारतीय जनता पार्टीको नेतृत्वमा सरकार गठन भएपछि भारत–प्रशासित काश्मिरको विशेष अधिकारलाई खारेज गरी अगस्ट ५ केन्द्र सरकारको मातहतमा राखेको थियो । उक्त घटनाप्रति पाकिस्तानले विरोध जनाउँदै आएको छ ।

ट्रम्पले प्रधानमन्त्री मोदीसँग काश्मिर सम्बन्धमा आइतबार लामो कुराकानी गरेको बताए । प्रधानमन्त्री मोदी तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग फोनमार्फत कुरा गरेपछि काश्मिरमा भयावह अवस्था रहेको भन्दै मध्यस्थताका लागि आग्रह गरेका थिए ।