भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीरावेन मोदीको एक सय वर्षको उमेरमा निधन भएको छ । प्रधानमन्त्री मोदीले आमाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै ट्वीटमार्फत श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

स्वास्थ्य अवस्थामा समस्या आएपछि गत बुधबार उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य जटिलता कारण आज शुक्रबार उनको निधन भएको अस्पतालले जनाएको छ ।

आमाको उपचारका लागि प्रधानमन्त्री मोदी गुजरातको अहमदावादस्थित अस्पतालमा पुगेका थिए । सो अवसरमा उनले आमाको स्वास्थ्यलाभको कामना गरेका थिए ।

गत जुनमा प्रधानमन्त्री मोदीले आमाको सय वर्षको जन्मोत्सव मनाएका थिए । हीरावेन मोदीको निधनप्रति भारतीय राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।