मोदीकी ९१ वर्षीया आमा लाइनमा ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मोदीकी ९१ वर्षीया आमा लाइनमा !



हिमाल पोस्ट / काठमाडौं ।
भारतमा अहिले ५०० र १ हजारका पुराना भारु नोट सटहीका लागि बैंकमा लामो लाइन छ । सिंगो देश नै नोट सटहीको लाइनमा छ भन्दा पनि फरक पर्दैन ।

यही लाइनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिरावन पनि देखिएकी छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने ‘हिरोगिरी’का लागि मोदीले बृद्धा आमालाई लाइनमा राखेर गलत गरेको बताएका छन् ।

मोदीकी ९१ वर्षीया आमा मंगलबार गान्धिनगरमा रहेको ओरिन्टल बैंकमा नोट सटहीका लागि पुगेकी हुन् । आफन्तका साथमा बैंक पुगेकी उनले ४५ सयको नोट सटही गरिन् । २ हजार दरका नोट लिएपछि उनले पत्रकारहरुलाई समेत देखाएकी छन् ।

हिरावन प्रधानमन्त्री मोदीका भाई पंकज मोदीसँग बस्दै आएकी छिन् । मोदीले पछिल्लो पटक गत वर्ष आफ्नो ६६ औं जन्मदिनको दिन सेप्टेम्बर १७ मा आमालाई भेटेका थिए ।