लौ हेर्नुस भारतीय प्रधानमन्त्री मोदी विज्ञापनमा ! - Himal Post Himal Post
  • ३ बैशाख २०८१, सोमबार
  •      Mon Apr 15 2024
Logo

लौ हेर्नुस भारतीय प्रधानमन्त्री मोदी विज्ञापनमा !



२४ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दूरसञ्चार सेवा प्रदायक एक कम्पनि विज्ञापनमा देखिएपछि यसको पक्ष र विपक्षमा व्यापक बहस भइरहेको छ । विपक्षी दलहरुले मोदीको कडा आलोचना गरेका छन् ।

पछिल्लो हप्ता सित्तैमा कल सुविधा दिने घोषणा गरेको रिलायन्स कम्पनिको विज्ञापनमा मोदीलाई प्रयोग गरिएको छ । रिलायन्स कम्पनिको प्रमुख मुकेश अम्बानी हुन् ।

डाटा प्रयोग गरेको बाहेक सबै प्रकारका कलमा कुनै शुल्क नलिने घोषणासहित तय गरिएको ‘रिलायन्स जियो’ नारा अहिले काफी चर्चामा छ ।

प्रधानमन्त्री नै विज्ञापनमा देखिएपछि विरोध भइरहेका बेला रिलायन्स कम्पनिका अध्यक्ष अम्बानीले भने यसमा विवाद गर्नुको कुनै तुक नरहेको बताएका छन् । अंग्रेजी अखबर इकोनोमिक टाइम्ससँग कुरा गर्दै अम्बानीले यसमा विवाद गर्नु बेइमानी भनेका छन् ।

मोदीले ल्याएको डिजिटल इण्डियाको अवधारणाबाट आफू निकै प्रभावित भएकाले विज्ञापनमा राखिएको र यसमा कुनै राजनीति नभएको उनले बताए ।

उद्योगपति अम्बानीले भनेका छन्, ‘हामी आफ्नो सेवा भारतका नेता र १ दशमलव २ अर्ब भारतीयहरुमा समर्पित गर्दछौं । यसमा कुनै राजनीति छैन ।’   उनले अगाडि भने, ‘यस विवादमा कुनै आधार छैन । नरेन्द्र मोदी देशको प्रधानमन्त्री हुनुहुन्छ । उहाँ जति तपाईंको प्रधानमन्त्री हो, त्यति नै मेरो पनि । म उहाँको डिजिटल इण्डियाको अवधारणाबाट निकै प्रभावित छुँ ।