कोरोनाले आक्रान्त बनेपछि मोदीले दिए यस्तो निर्देशन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कोरोनाले आक्रान्त बनेपछि मोदीले दिए यस्तो निर्देशन



एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार मन्त्री परिषद्को आकस्मिक बैठक बोलाएर जनताको बिचमा पुग्न निर्देशन दिएका छन् । उनले सरकारको सबै अङ्ग एकजुट र द्रूत रूपमा काम गरिरहेको समेत बताएका थिए ।

कोभिड–१९ को दोस्रो लहर नियन्त्रण बाहिर गएपछि सृजना गरेको अवस्थालाई सामना गर्न जनताको बीचमा पुगेर काम गर्न उनले बैठकमा उच्चपदस्थ कर्मचारी तथा मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

उनले मन्त्रीहरुलाई आ–आफ्नो क्षेत्र मानिसहरुसँग सम्पर्कमा रहन, मद्दत गर्न र उनीहरूको सुझाव लिन पनि आग्रह गरेका छन् । प्रधानमन्त्री मोदीले स्थानीय स्तरमा समस्याहरु तुरुन्त पहिचान गरी सम्बोधन गर्न सुनिश्चित हुनुपर्नेमा जोड दिएको बताइएको छ ।

भिडियो सम्मेलनको माध्यमबाट बसेको बैठकमा केन्द्रीय मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सचिव र क्याबिनेट सचिव पनि उपस्थित थिए ।