मोडव्यज टुर एण्ड ट्रावल्सको लापरवाही, १२ घण्टा देखि बीच बाटोमै यात्रु अलपत्र - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मोडव्यज टुर एण्ड ट्रावल्सको लापरवाही, १२ घण्टा देखि बीच बाटोमै यात्रु अलपत्र



नयाँ दिल्ली /हिमाल पोस्ट  

आज दिल्ली देखि सरदर नेपाल जान कति लाग्छ ? जो कसैलाई सोध्यो भने अवश्य १८ देखि २० घण्टा त्यो पनि कृष्णनगर,सुनौली  बोर्डर तर महेन्द्र नगर र नेपालगंज जान भने १३ देखि १५ घण्टा लाग्छ  ।

दिल्लीमा हिजोआज टुर एंड ट्रावल्सको कमि छैन पहिला जसरि नेपालका बोर्डर पुग्न २८  घण्टा लाग्दैन ।यद्दपी  शुक्रबार बिहान दिल्लीबाट करिब ८ बजे हिडेको गाडी शनिबार ८ बजे सम्म त बुटवल पुग्नु पर्ने हैन र ?तर मोडव्यज टुर एण्ड ट्रावल्सको गाडी अझै नेपालको बोर्डर पुगेको छैन  ।हिजो राति उत्तरप्रदेशको लाखिम्पुरमा पुगेको गाडी बिहान ९ बजेसम्म त्यहि रोकिएको छ ।

करिब १२ -१३ घण्टा भैसक्दा पनि गाडी अझै हिडेको छैन त्यहाँबाट यात्रु पिपलधारा निवासी मेहर सिंह बस्नेतले हिमाल पोस्टलाई जनाकारी गराउनु भएको छ । गाडी बिग्रिएको छ अझै   बनेको छैन ।दुई पटक बिग्री  सक्यो    खै ऐले सम्म मिस्त्री आउदै  छ  भन्छन आएको छैन ,यतिबेला सम्म त दिल्लीबाट  अर्को गाडी आउने बेला भयो  बस्नेत थप्छन ।मोडव्यज टुर एण्ड ट्रावल्सको लु १ ख ६५९५ नम्बर बस  भएको बताएका छन् ।