बैद्यले भने: युद्ध गरेर भएपनि भारतीय सेना हटाउँछौँ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बैद्यले भने: युद्ध गरेर भएपनि भारतीय सेना हटाउँछौँ



जनकपुरधाम- नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले भारतले नेपाली भूमि अतिक्रमण गरेकोप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी बैद्यले सरकार यो कुरामा गम्भीर नभए आफूहरूले सशस्त्र संघर्ष गरेरै भएपनि कालापानीबाट भारतीय सेनालाई हटाउँने बताएका छन् । उनले भने, ‘सरकार गम्भीर नबने कालापानीबाट सशक्त संघर्ष गर्ने सोचका साथ अगाडि बढेका छौं। संघर्षबाट कालापानीबाट भारतीय सेनालाई हटाउँछौं।’

उनले भारतीय नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले फिर्ता गर्नेपर्ने बताउँदै यदि फिर्ता नगरेको खण्डमा आफूहरू जस्तोसुकै कदम चाल्न बाध्य हुने पनि बताएका छन्।

सरकारलाई गम्भीर बन्न आग्रह गर्दै उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सशक्त संघर्षको आवश्यकता रहेको बताए। उनले भने, उनले सरकार भारतीय नक्साको विषयमा सर्वपक्षी भेला राखेपनि सबै दललाई नबोलाएकोमा आपत्तिसमेत जनाए।

महासचिव बैद्यले संविधानमा आमूल परिवर्तन गर्नुपर्नेसमेत बताए। उनले भने, ‘पहिचानसहितको संघीयताको पक्षमा हामीले आन्दोलन गरेका थियौं। मधेसी मोर्चाले पनि त्यही आवाज उठायो। तर त्यो पाउन सकिएन।’