पीसीआरमा समेत नदेखिने ओमिक्रोनको नयाँ भेरियन्ट, हैरान बनाउने अर्को तथ्य - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

पीसीआरमा समेत नदेखिने ओमिक्रोनको नयाँ भेरियन्ट, हैरान बनाउने अर्को तथ्य



नयाँदिल्ली (एजेन्सी)- ओमिक्रोन विश्वभर तीव्र गतिमा फैलिरहेका बेला हैरान बनाउने समाचार सार्वजनिक भएको छ । कोभिड १९ को पछिल्लो विकसित स्वरूप ओमिक्रोन भेरियन्टको पनि नयाँ उप–भेरियन्ट तिब्र गतिमा फैलिएको भेटिएको छ ।

भारतीय संचारमाध्यम इन्डिया डटकमका अनुसार यो उप–भेरियन्ट अहिले ४० मुलुकमा देखापरेको छ । बेलायतले बीए २ नाम दिएको यो भेरियन्ट पीसीआर परीक्षणमा समेत नदेखिने दाबी गरिएको छ । ‘स्टिल्थ ओमिक्रो ’ बताइने यो भेरियन्टको अत्यन्त तीव्र फैलिले बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो भेरियन्टको तिब्र लहर युरोपमा फैलिने आशंका गरिएको छ । विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ)का अनुसार ओमिक्रोनका तीनवटा उपभेरियन्ट– बीए १, बीए २ र बीए ३ रहेका छन् ।

विश्वभरि फैलिरहेको ओमिक्रोनमा मुख्यतया बीए १ रहेको तथा अर्को उप–भेरियन्ट बीए २ अहिले फैलिरहेको डब्ल्यूएचओले जनाएको छ ।

खास त के छ भने आगामी दुई सातापछि कोभिड १९ समस्या चरम स्थितिमा पुग्ने अनुमान गरिएको भारतमा बिए.२ प्रचुरमात्रामा भेटिएको छ । हालसम्म यो भेरियन्टको पहिलो संक्रमण कहाँ भेटियो भन्ने पुष्टि भएको छैन । तर यसको फैलावट आश्चर्यजनक भएको बताइएको छ ।

बेलायतको स्वास्थ सुरक्षा निकायका अनुसार पहिलो पटक यो सन् २०२१ को ६ डिसेम्बरमा यो भेरियन्ट भेटिएको हो । अहिलेसम्म बेलायतमा यसका संक्रमितको संख्या ४२६ पुगिसकेको छ ।

बेलायत र डेनमार्क लगायत स्विडेन, नर्वे र भारतमा यो भेरियन्ट देखिएको छ । भारत र फ्रान्सका वैज्ञानिकहरूले यो बीए.१ भन्दा पनि छिटो फैलिनसक्ने चिन्ता व्यक्त गरेका छन् । कोरोनाको यो नयाँ भेरियन्ट बीए.२ को लक्षण ओमिक्रोनको जस्तै छ ।

तर ओमिक्रोन पहिचानका लागि खोजिने जेनेटिक स्रोत बीए.२ मा भने हराइरहेको बताइएको छ । तैपनि यस अवस्थामा जेनेटिक सिक्वेन्सिङका माध्यमबाट यसको पहिचान गर्न सकिन्छ ।