एडीलेडमा म:म खाने प्रतियोगिता सम्पन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एडीलेडमा म:म खाने प्रतियोगिता सम्पन्न



सनराईज क्याफे एण्ड कबाब हाउस र जय होस नेपाली ग्रोसरीको संयुक्त आयोजनामा एडीलेडमा म:म खाने प्रतियोगिता सम्पन्न भएको छ। नेपालीहरुको प्रिय खानाको रुपमा परिचिति म:म खाने प्रतियोगितामा करिब २०० जाना सहभागी भएका थिए। पुरुष र महिलाको लागि गरिएकोको छुटा छुट्टै प्रतियोगितामा छिटो म:म खाने व्यक्तिलाई ५ सय डलर पुरष्कार र ट्रफीको ब्यबस्था गरिएको थियो।

नेपाली खानालाई अझै प्रबर्दन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजक मध्येका खुम घलेले बताए। घलेले प्रतियोगितामा नेपाली मात्र नभएर यहाँ रहेका अन्य समुदायको समेत उपस्थिति रहेको बताए। पुरुष तर्फ बाट पुजेन्द्र चन्द र महिला तर्फ बाट प्रतिष्ठा गौतमले क्रमश १६.७३ , ३७.०६ सेकेण्डमा म:म खाएर प्रतियोगिता जित्न सफल भएका थिए। नेपाली खानालाई साउथ अस्ट्रेलियामा प्रबर्धन गर्ने आगामी योजना सुनाउदै घले भन्छन ” यो हाम्रो पहिलो सुरुवात मात्र हो र सहभागिताले हामीलाई थप उर्जा प्रदान गरेको छ। आगामी वर्ष हामीले यसलाई अझै ब्यबस्थित गर्दै फुड फेस्टिभलको रुपमा ओपेन ग्राउण्डमा गर्नेछौ।” सनराईज क्याफे क्याफेको प्राङ्गणमा आयोजना गरिएको प्रतियोगिता ४ चरणमा आयोजना गरिएको थियो। प्रतियोगितामा प्लेटमा भएका १० वटा म:म जसले छिटो र चपाएर खान पर्ने नियम राखिएको जय होस नेपाली ग्रोसरीका दिवाकर पाण्डेले बताएका थियो।

The Event was a hit. Thank you Jai Hos Nepali Grocery Store AND Sunrise Cafe & Kebab House for organising such a great Event.

Posted by Kusa Productions on Monday, April 1, 2019

 

Posted by Jasmine Photography on Sunday, March 31, 2019