म्याग्दी प्रवासी नेपाली सङ्घको कलाकार सम्मान सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

म्याग्दी प्रवासी नेपाली सङ्घको कलाकार सम्मान सम्पन्न



तिलु शर्मा पौडेल,
दोहा कतार ।
“प्रवासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृष्टि” भन्ने मूल नारा लिएर खाडी कतारमा सन २००३ मा स्थापित म्याग्दी प्रवासी नेपाली सङ्घले राष्ट्रिय कलाकारहरूलाइ  सम्मान गरेको छ ।  विश्वकर्मा समाज कतारको आयोजनामा विश्वकर्मा बाबाको पूजा तथा शुभकामना आदान प्रदान कार्यक्रमका लागि कतार आएका कलाकारहरू सम्मानित भएका हुन ।

दोहा सहरको मुग्लिनामा अवस्थित वेलकम डाईन रेस्टुरेन्टको सभाहलमा सम्पन्न अन्तरक्रिया तथा सम्मान कार्यक्रम सस्थाका अध्यक्ष रमेश पौडेलको सभापतित्व तथा मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका क्षेत्रीय सचिव रेसम शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उपाध्यक्ष चित्र बहादुर चोखालको स्वागत मन्तव्य राखेका थिए ।

सस्थाका सस्थापक अध्यक्ष प्रेम रसाइली,सरक्षक विक्रम कार्की ,प्रमुख सल्लाहकार किरण शाही , प्रवासी नेपाली मन्चका अध्यक्ष चानक पोखरेल , वसन्त फिल्मस् प्रालि अनामनगर काठमाडौँ कतारका ब्यबस्थापक शरद कुमार पाण्डे , पाल्पाली सेवा समाज कतारका अध्यक्ष ईश्वर काफ्ले,बाके प्रवासी सेवा समाज कतारका महासचिव श्याम कुमार डीसी, विश्वकर्मा सेवा समाजका महासचिव कृष्ण गदाल र सल्लाहकार नबराज बिक ,अर्घाखाँची सेवा समाज कतारका अध्यक्ष ठाकुर कुमार परिवार लमजुङ सेवा समाज कतारका अध्यक्ष विष्णुलाल श्रेष्ठ , समाजसेवी कृष्ण बराल लगायतका व्यक्तित्वहरु विशेष अतिथि रहेका थिए ।

मन्तव्यको क्रममा सस्थाका सस्थापक अध्यक्षले सस्थाका बारेमा प्रस्ट पार्दै आफूहरू दोस्रो विश्व सम्मेलनको तयारीमा रहेको र मोना विश्वका २४ ओटा देशमा बिस्तार भई सकेको जानकारी दिँदै थप बिस्तार हुने क्रम पनि निरन्तर रहेको जानकारी दिए ।