पथरीशनिश्चरे १ मा एमालेको बृहत घरदैलो - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

पथरीशनिश्चरे १ मा एमालेको बृहत घरदैलो



पथरी, ३१ जेठ

 

निर्वाचन प्रचार प्रसारका क्रममा मोरंगको पथरीशनिश्चरे १ मा नेकपा एमालेले नगर प्रमुख र उपप्रमुखको उम्मेदवार सहितको बृहत घरदैलो सम्पन्न गरेको छ ।

घरदैलोमा नगर प्रमुखका उम्मेदवार दिलिपकुमार राई (किशोर) र उपप्रमुखका उम्मेदवार यमुना विष्ट वास्तोला, वडाध्यक्ष बाबुराम एङ्देन, महिला सदस्य रोमान्सी धिमाल, दलित महिला सदस्य इन्दिरा सुन्दास, खुला सदस्य दुर्गाप्रसाद सिटौला र मानप्रसाद सावाँ सहितका नेता तथा कार्यकर्ताहरुको करिव २ हजारको संख्या सहभागि भयो ।

यलम्बर चोकबाट नाचगान सहित सुरु भएको घरदैलोमा पथरी बजारको विशाल चोक, सुन्दर वस्ती र हसन्दह वस स्टेण्डमा कोणसभा सम्पन्न भयो । कोणसभामा ३ दर्जनको संख्यामा एमालेमा पार्टी प्रवेश गरेका छन् ।

घरदैलो कार्यक्रम विशाल र्याली नै बनेपछि वडाका प्रमुख सडक क्षेत्रबाटै उम्मेदवारहरुले आफ्नो उपस्थिती जनाएका छन् । कोणसभामा बोल्दै नगर प्रमुखका उम्मेदवार राई, उपप्रमुखका उम्मेदवार बिष्ट र वडाध्यक्षका उम्मेदवार एङ्देनले एमाले जनताको हित र नगरको विकासका लागि चौतर्फीरुपमा प्रतिवद्ध भएर लागि परेको अवस्थामा कसैले भ्रम सिर्जना गरेर पछाडी पार्न नसक्ने जनाउनु भयो । उहाँहरुले एमालेको पक्षमा देशैमा आएको जनलहर कसैले रोक्न नसक्ने बताउनु भयो ।

वडाध्यक्ष भीमकुमार राईको संयोजनमा भएको कार्यक्रममा, एमाले सुशासन विभाग सदस्य टिका गौतम, १ नम्बर प्रदेशका सदस्य रामकुमार बस्नेत, जिल्ला सल्लाहकार मोहन तुम्वापो, मानप्रसाद लिम्बू, पार्थबहादुर बुढाथोकी, सचिवालय सदस्य जीवन खतिवडा, टंक भण्डारी, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष कृष्णकुमारी राई, क्षेत्रीय अध्यक्ष भगतचन्द्र थपलिया, पुराना जनवादी गायक वीरध्वज शिवा, गायक अमिर राई लगायत युवा संघका नेताहरु सहितका सहभागि छन् ।

आजको बृहत घरदैलोका लागि निम्ता दिन युवा संघले जेठ २७ मा वडामा करिव १ हजार युवाहरुको र्याली निकालेर एमालेको पक्षमा उत्साह थपेको थियो ।

१० वटा वडा रहेको नगरमा गत जेठ १९ गते वडा नम्बर १० बाट सुरु भएको घरदैलो हालसम्म वडा नम्बर १,२, ४, ५, ६, ८ र १० मा सम्पन्न भइसकेको छ ।