मोरङको पथरीशनिश्चरेमा एमालेको बृहत घरदैलो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मोरङको पथरीशनिश्चरेमा एमालेको बृहत घरदैलो



पथरी, २३ जेठ

 

देशभर नेकपा एमालेको जनलहर बढ्ने क्रममा मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा पनि उसैगरी जनलहर बढेको छ । निर्वाचन प्रचार प्रसारका सन्दर्भमा पथरीशनिश्चरे वडा नम्बर ८ मा आज बृहत घरदैलो अभियान सञ्चालन गरेको छ ।

प्रत्येक वडामा नगर प्रमुख र उपप्रमुख सहितका वडाका उम्मेदवारहरुका लागि २-२ दिनको बृहत घरदैलो कार्यक्रमका क्रममा आज र भोली वडा नम्बर ८ मा घरदैलो कार्यक्रम हुने छ ।

स्थानीय मंगलबारे बजारबाट सुरु भएको घरदैलो कार्यक्रममा नगर प्रमुखका उम्मेदवार दिलिपकुमार राई (किशोर), उपप्रमुख यमुना विष्टको अगुवाईमा घरदैलो भएको हो । उहाँहरुको साथमा वडाध्यक्षका उम्मेदवार प्रकाश कार्की, महिला सदस्य मैया राई, दलित महिला सदस्य इन्दिरा विश्वकर्मा, खुला सदस्य फूलाराम चौधरी र बमबहादुर माझी तथा अन्य वडाका उम्मेदवार सहित नेता र कार्यकर्ताको सयौंको संख्या घरदैलोमा सहभागि रह्यो ।

घरदैलोमा एमाले १ नम्बर प्र्रदेश कमिटी सदस्य रामकुमार बस्नेत, एमाले विदेश विभाग पूर्व सदस्य युवराज वास्कोटा, जिल्ला सचिवालय सदस्य टंक भण्डारी सहितको सहभागिता रहेको छ ।