विहानको चिया-अदुवा राखेर पिउँदा फाईदा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विहानको चिया-अदुवा राखेर पिउँदा फाईदा



काठमाडौं । विहानको समयमा चिया खाँदा अदुवा रोखर चिया पिउँदा स्वास्थ्यका लागि पनि फाइदा पुग्छ । अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।

– श्वासप्रश्वासको समस्याका लागि पनि अदुवा–चिया उपयोगी मानिन्छ । साथै, गाडीमा बान्ता हुने समस्या हल गर्छ ।

– पाचन प्रक्रियामा सुधार ल्याउनुका साथै शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रस उत्पादन गर्छ ।

– अदुवा–चियाको नियमित सेवनले महिनावारी गडबडीमा सुधार ल्याउँछ ।

– अदुवामा पाइने भिटामिन, खनिज र एमिनो एसिडले रक्तसञ्चार राम्रो बनाउँछ । साथै, हृदयाघात र मुटुरोगीका लागि फाइदाजनक हुन्छ ।

– एन्टिअक्सिडेन्टको मात्रा बढ्छ । फलस्वरूप शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।

– दैनिक अदुवा–चिया पिउँदा तनाव कम हुन्छ । साथै, चिया र अदुवाको मिश्रणबाट बन्ने रसायनले शरीरमा ऊर्जा प्रदान गर्छ ।

– हड्डी तथा बाथरोगका बिरामीले अदुवा–चिया पिएमा आराम मिल्छ ।

– रगतमा ग्लुकोजको मात्रा सन्तुलित गर्छ । साथै, शरीरको अनावश्यक तौल कम गर्न मद्दत गर्छ ।