मस्ट ह्याण्डसम म्यान इन द वल्र्ड अगष्ट २०१९’को सूचीमा ऋतिक - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मस्ट ह्याण्डसम म्यान इन द वल्र्ड अगष्ट २०१९’को सूचीमा ऋतिक



काठमाडौं । बलिउडका उत्कृष्ट अभिनेताको रुपमा ऋतिक रोशनलाई चिनिन्छ । आकर्षक शरीर र कुशल अभिनयका कारण उनी सँधै चर्चा रहँदै आएका अभिनेता पनि हुन् । भारतीय मिडियाहरुका अनुसार अभिनेता ऋतिक ‘टप पाँच मस्ट ह्याण्डसम म्यान इन द वल्र्ड अगष्ट २०१९’को सूचीमा पहिलो नम्बरमा छन् ।

यो सूचीमा क्रिश इभान्स, डेबिड हेकह्याम, रोबर्ट प्याटिन्सन लगाएतको नाम उल्लेख छ । एक्शन, डान्स लगाएत सबै बिधामा अभिनेता ऋतिक उत्कृष्ट मानिन्छन् ।

केही समय अघि मात्रै उनको फिल्म ‘सुपर ३०’ दर्शकमाझ रिलिजमा आएको थियो । यो फिल्ममा उनले गणितशास्त्री आनन्द कुमारको भूमिका निभाएका थिए ।

उनको नयाँ फिल्म ‘वार’ हो । यो फिल्ममा अर्का एक्शन अभिनेता टाइगर श्रफ पनि मुख्य भूमिकामा छन् । योफिल्म २ अक्टोवरबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।