मोटरसाइकल दुर्घटनामा छ जना घाइते - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मोटरसाइकल दुर्घटनामा छ जना घाइते



कावासोती, कात्तिक १६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गएराति नवलपरासीको छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा छ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

नवलपरासीको देवचुली—१४ मा गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टँदा सोही ठाउँमा २४ वर्षीय ज्ञानबहादुर थापालाई गम्भीर चोट लागेर उपचारका लागि चितवनको भरतपुर लगिएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

त्यस्तै गैँडाकोट नगरपालिकाको बेल्डिया पुलमा बा४८प ४७७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा देवचुली—४ का जङ्गबहादुर थापामगर र सोही ठाउँमा रमेश भुसाल गम्भीर घाइते भएका छन् । उनीहरुको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

देवचुली नगरपालिकाको हमाल चोकमा स्कुटरले साइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । ना४२प २६३६ को स्कुटरले साइकल यात्रीलाई ठक्कर दिँदा स्कुटरमा सवार कावासोती ८ का २३ वर्षका प्रदिप भण्डारी र विकास शर्मा तथा साइकल यात्री घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । रासस