मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु



कैलाली । कैलालीमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परि आइतबार दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको टीकापुर नगरपालिका–४ को अस्नेहरिमा सडकमा रोकिएको से.१ क ४४३ नम्बरको ट्रकमा से.६ प ५४०९ नम्बरको मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको हो ।

दुर्घटनामा दैलेखको चामुण्डा विन्ध्यवासिनी गाउँपालिकाको लयाटीका २१ वर्षीय धुव्रबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्यस्तै आइतबार नै भएको मोटरसाइकल दुर्घटनामा सुर्खेतको वीरेन्द्रनगरका ३५ वर्षीय पवन गिरीको मृत्यु भएको हो । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित काठको पुल तर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा गिरिको मृत्यु भएको प्रहरीले जनाएको छ ।