कैलालीमा मोटरसाइकल दुर्घटना : पाँच जना घाइते ,एकको अवस्था गम्भीर - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कैलालीमा मोटरसाइकल दुर्घटना : पाँच जना घाइते ,एकको अवस्था गम्भीर



सुखड,कैलाली – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका -१० डिभिजन वन कार्यालय पहलमानपुर अगाडी दुई मोटरसाइकल एकआपसमा ठोक्किदा ५ जना घाईते भएका हुन् ।

पश्चिम् बाट पुर्व तर्फ आइरहेको से २ प ८२९६ र से ३ प १६९५ नम्वरका मोटरसाईकल ओभरटेक गर्दा एक आपसमा ठोकिएर दुर्घटना हुँदा ५ जना घाइते भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

घाईते हुनेमा धनगढी उपमहानगरपालिका -१३ का ३५ वर्षीय भुमिराज भट्ट, सोही ठाउँका ३९ बर्षिय भुवन भट्ट, गोदावरी नगरपालिका -५ गेटाका ३६ बर्षिय डिकेन्द्र कुवँर, गौरिगंगा- ७ मसुरियाका २२ बर्षिय रिदम बि.सी र मान्नाकापडी डोटीका २० बर्षिय दिपक बि.सी. रहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । घाईतेहरुको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको र रिदम बि.सी.को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।