सगरमाथाको उचाइ फागुनमा नापिने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सगरमाथाको उचाइ फागुनमा नापिने



 

सगरमाथाको उचाइ फागुनको पहिलो साताबाट नापिने निश्चित भएको छ ।

त्यसका लागि यही मंसीर मसान्तसम्म आवश्यक पर्ने सबै प्रविधिको तयारी पूरा हुने नापी विभागले जनाएको छ ।

मंसीर २५ र २६ गते काठमाडौंमा सगरमाथा उचाइ मापन सन्दर्भमा अन्तराष्ट्रिय गोष्ठीको आयोजनासमेत गरिएको छ ।

सोलुखुम्बुका १२ वटा स्थानमध्ये ८ वटा स्थान पहिले पनि मापनका लागि प्रयोग भएका केन्द्र थिए ।

अन्य चार वटा नयाँ प्वाइन्ट निर्धारणा गरिएको छ । आजको नेपाल समाचारपत्रमा प्रशान्त वलीले लेखेका छन् ।

पुस माघको समयमा हिउँ पर्ने भएकाले फागुनबाटै अथवा हिउँ लाग्ने समय सकिएपछि मापन कार्य सुरु हुने बताइएको छ । यो खबर हिमालपोष्टका लागि आजको नेपाल समाचारपत्रबाट लिइएको हो  ।