बुमरेङ्ग मिस्टर एण्ड मिस पश्चिमाञ्चलको फाईनल असार १९ गते हुने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बुमरेङ्ग मिस्टर एण्ड मिस पश्चिमाञ्चलको फाईनल असार १९ गते हुने



 झविन्द्र देवकोटा/  बुटवल । बुमरेङ्ग मिस्टर एण्ड मिस पश्चिमाञ्चल सिजन दुईको फाईनल असार १९ गते बुटवलमा हुने भएको छ ।

रुपन्देही लगायतका ६ जिल्लाबाट छनोटमा परेका २८ जना सहभागि प्रतिस्प्रर्धिहरु बिचमा हुने फाईनल बुटवलको मिलन चलचित्र हलमा हुने भएको हो ।

१५ जना युवति र १३ जना युवकका विचमा हुने फाईन प्रतिस्प्रर्धाबाट विजयी हुनेले पच्चिस पच्चिस हजार नगद सहित विभिन्न गिफ्ट हेम्परहरु हात पार्ने आईतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

आरएन स्टाईलको आयोजनामा भएको मिस्टर एण्ड मिस पश्चिमाञ्चल प्रतियोगिताको फाईनलको तयारी पुरा भएको निर्देशक सुजत बस्यालले जानकारी दिनुभयो । कार्यक्रममा बुमरेङ्गका निर्देशक बुद्धिसागर बस्याल, बुटवल म्यानेजर केपी बस्याल, संचारकर्मी सुमन श्रेष्ठ लगायतले यस्ता प्रतियोगिताले युवाहरुको क्षमता बाहिर निकाल्न मद्दत मिल्ने भएकाले सहभागिता र कार्यक्रममा पादर्शिता आवश्यक पर्ने बताउनुभयो ।

आयोजकले सहभागिहरुलाई विभिन्न स्थानमा फोटोसुट तथा क्षमताअभिवृद्धिका कार्यक्रमहरु गरेको आरएन स्टाईलका निर्देशक बस्यालले जानकारी दिनुभयो ।