मृगौला पीडितलाई कोरियावासीको सहयोग - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मृगौला पीडितलाई कोरियावासीको सहयोग



विनोद खनाल/ दक्षिण कोरिया

दुवै मृगौलामा खराबी देखिएका अर्घाखाँचीका खुमानन्द भुसाललाइ दक्षिण कोरियामा रोजगारीको सिलसिलामा रहेका युवाहरूले ८ लाख २० हजार वन (७७ हजार नेपाली रुपैयाँ) सहयोग गरेका छन् ।

अर्घाखाची जिल्ला साबिक खनदह ८ हाल मालारानी गाउपालिका ३ मा जन्मथलो भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका युवा साथीहरूको परोपकारी सोँच र समाजमा केही सहयोग गरौँ भन्ने हेतुले अर्घाखाँचीको मालारानी गाउँ पालिका २ निवासी गिरिराज भुसालको ३८ वर्षका छोरा खुमानन्द भुसाललाई औषधि-उपचारको लागि उक्त सहयोग गरिएको हो । लामो समय दुवै मृगौला खराबिले खुमानन्दले समस्या झेलिरहेका छन् ।

उक्त सहयोग विनोद खनाल,भेशराज पोख्रेल,राजु पोख्रेल,हेमराज पोख्रेल,भागिरथ खनाल,टिकाराम पोख्रेल,टोमलाल खनाल,केशव पोख्रेल,कृष्ण खनाल,बाबुराम पोख्रेल,यज्ञ पोख्रेल लगाएतले सङ्कलन गरेर अभियन्ता राजु पोख्रेल मार्फत स्थानीय अग्रज व्यक्तित्वको उपस्थितिमा वैशाख ४ गते हस्तान्तरण गरिएको थियो ।