मृत सटीफिकेट « Himal Post | Online News Revolution
Logo

मृत सटीफिकेट



“ठूलाे मान्छे बन्छ”! सानाे छँदा सबैले यसै भन्ने गर्थे।छन् पनि ‘हुने बिरूवाकाे चिल्लाे पात’ भने जस्तै थियाे । पढ्नु , अादार गर्नु उसका आचरण थिए। सबै खेल्थे , उ पढिरहन्थ्याे। बच्चादेखिकाे उसकाे याे स्वभाव बिस्तारै ठूलाे हुँदा पनि घटेन। कक्षा प्रथम हुनु, विद्यालयमै धेरै अङ्क ल्याउनु उसका निम्ति स्वभाविक थियाे। सब‌ै शिक्षककाे प्रंशसाकाे केन्द्र बन्थ्याे । घरमा उसैकाे कारणले घरका दाजुभाइले गाली खान्थ्ये । हरेक पल्ट बाउ-आमाले उसैकाे प्रशंसा गर्दै अरू दाजुभाइलाई गाली गर्थे। भन्थ्ये-“केही सिक्नु नि भाइबाट। सधैँ हल्लियाे बस्याे, पढाइ जिराे छ” आदि इत्यादि। दाजुभाइले सुन्न नचाहदा नचाहदै पनि सुन्नु नै पर्थ्याे।

एस.एल.सी मा जिल्ला टप्याे। गाउँ सहर उसैकाे हाई हाई। डाक्टर बन्न साइन्स पढ्न काठमाडाै जाने उसकाे निर्णयलाई कसैले अस्वीकार गरेनन् । जेनतेन खर्च जुटाएर भए पनि पढाउने बाउकाे अठाेट नै उसका निम्ति काठमाडौँ जाने बाटाे बन्याे। कलेजहरूले उसलाई नि:शुल्क पढाउने निर्णय गरे पनि काठमाडौँ जस्ताे ठाउँमा बस्ने खाने लगाउने खर्च नै पर्याप्त थियाे उसका बाउ अामाकाे कमाइका निम्ति ।

साथीहरू नाइट क्लब , डान्स बार गएर बर्गर पिज्जा खाईरहदा उ चाहिँ बानेश्वरकाे याैटा घरकाे कुनामा अामाकाे हातले बनाएर पठाएकाे गुन्द्रुक बनाउन मै रमाउथ्याे।उसकाे एउटै लक्ष्य थियाे डाक्टर बन्ने।१२ मा पनि उत्कृष्ट अङ्क सहित कलेज टपेकाे खबरले बाउअामाकाे आँखामा खुसीका आँसु बगिरहे। आमाले संसार नै जितेकाे अनुभव गरिरहिन्। नगरून् पनि कसरी? आफ्नाे छाेराकाे प्रगति न‌ै जुनसुकै बाउअामाकाे निम्ति विजयकाे आभास बन्ने गर्छ।

समय बित्दै गयाे । उसकाे पढाइ अझै पनि राम्राे चल्दै थियाे । अघिल्लाे पटक उसकाे खर्च पुर्‍याउन बाउले तराईकाे एक गट्ठा जमिन बेचेकाे खबरले भने उसलाई चिन्तित बनाईरहेकाे थियाे।

‘अब मैले पनि जागिर खानुपर्छ । बाउअामालाइ अब पनि दुख दिनुहुन्न’ मनमनै उसले यस्तै साेचिरहन्थ्याे प्राय:। तर पढाइ बिग्रने अर्काे चिन्ताले उसलाई पिलरिरहन्थ्याे।

गाउँ घरमा उसैकाे चर्चा हुन्थ्याे। हरेक बाउअामाले उसैकाे नाम लिएर झपार्थे आफ्ना छाेराछाेरीलाई।”उ धनेकाे छाेराेले पढि वरी डाउटर हुन लायाे, तँ साइदुवा यसै हल्लेर बस्” पल्ला घरे साँहिला बाले यसै गरी झपार्थ्ये छाेराेलाई।”धनेकाे छाेराे जस्तै काेहि आए त यसै साल अम्काउन हुन्थ्याे छाेरिलाई” ठूलीअामा घरमा काेहि नयाँ पाहुना आउँदा यसै भन्ने गर्थिन् प्राय ।यिनै प्रशंसा नै उसका बाउअामाका निम्ति बाँच्ने आधार बनेका थिए।

mda काे निम्ति आवेदन दियाे। ढुक्क थियाे नाम निकाल्नेमा। उसकाे जस्ताे मेहेनत र ट्यालेन्ट अरू कम‌‌ै विद्यार्थीमा थियाे। इक्जाम पनि दियाे ।

त्याे दिन उ निकै खुसी थियाे । नाम निस्कन्छ, कमसेकम बाउअामाकाे ३-४ वर्षमा खर्च हुने ३०-३५ लाख त जाेगिने भाे। पसल गयाे बास्मति चामल र अडरकाे दाल किन्याे र त्याे दिन निकै मीठाे बनाएर खायाे। साेच्याे वर्षाै सम्म बिताएका अनिदा रातहरू एउटा सुन्दर सपना बनेर पूरा हुनेछन्। बाबुकाे पायल्स र अामाकाे मुटु दु:ख्ने राेगकाे उपचार आफ्नै हातले गर्न पाउछु भन्ने उसकाे कल्पनाले नै आफूलाई संसारकाे भाग्यमानी छाेराेकाे रूपमा महसुुस गर्याे। ढुक्क थियाे उसकाे सपना पूरा हुन्छन् भन्नेमा।

अनेक भविष्यका कल्पना, बाबु अामाकाे चम्किलाे मुहार सम्झदा सम्झदा निन्द्रादेविकाे काखमा पुगेकाे समेत थाहा पाएन त्याे दिन।

पर्सिपल्ट अचानक प्रिन्सिपलले उसलाई बाेलाए।

सधैँ प्रशंसा गर्ने प्रिन्सिपल , आज पनि केही राम्रै कुरा भन्न बाेलाएका हुन् भन्नेमा उ विश्वस्त थियाे। साेच्याे पक्कै अस्तिकाे इक्जामकाे प्रशंसा गर्छन् आज।

“मे आई कम इन् सर?”

विनम्र हुँदै भित्र आउने अनुमति माग्याे।

“यस कम इन् ” प्रिन्सिपलले अनुमति दिए र अगाडिकाे कुर्सीमा बस्न निर्देशन पनि दिए।केही अना‌‌ैपचारिक कुराहरू भए। उसका क्रियाकलापकाे त्याे दिन पनि प्रशंसा गरे प्रिन्सिपलले र थाेरै गम्भीर बनेर गाँठि कुरा निकाल्दै उनले भने

“हेर ! तिमीले इक्जाम राम्राे गरेका छाै। यसमा हामी खुसी छाैँ। तर नाम निकाल्न थाेरै केही गर्नुपर्छ कलेजलाई।”
“म विद्यार्थीकाे नाताले जे गर्न सक्छु गरिरहेकाे छु सर। अझै पनि केही गर्न सक्छु भने अाज्ञा हाेस् सर, म रगत बगाएर पनि विद्यालयकाे निम्ति केही गर्नेछु”

उ निडर हुँदै बाेलिरह्याे। हुन पनि उसैकाे याेगदानले गर्दा विद्यालयले कयाैँ ट्रफी  जितेकाे छ। कयाै रेकर्ड राखेकाे छ। उसले विद्यालयलाई राम्राे याेगदान पनि गरेकाे थियाे। उसैकाे नामले मात्र कलेजमा भर्ना हुनेकाे सङ्ख्यामा वृद्धि अाएकाे थियाे प्रत्येक वर्ष। सधैँ मुस्कुराउने सर यस पटक मुस्कुराएनन् उनकाे अनुहारमा केही गम्भीरता देखियाे। केही बेरकाे माैन वातावरणलाई ताेड्दै उ स्वयम् बाेल्याे “सर मैले के सहयाेग गर्न सक्छु?”

“तिमीलाई थाहै छ, अहिलेकाे काेटा बनेकाे १० जनाकाे हाे। तिम्राे लिखित इम्जाम राम्राे छ तर नाम निकाल्न त्यति मात्र पर्याप्त नहुने भयाे ”
उ झसङ्ग झस्कियाे। हाँसिरहेकाे अनुहार एक्कासि अाेइलायाे। अात्तिदै उसले भन्याे
“के गर्नुपर्छ सर मैले?”

“हाम्राे प्राइभेट कलेज हाे।यहाँ हाम्राे पनि भविष्यकाे कुराे रहन्छ। यस्तै अवस्थामा कलेजले केही गर्न सकेन भने प्रचार खर्च पनि पुग्दैन कलेजकाे, प्रस्टै छ अरूले जस्तै कलेजमा १०-१५लाख सहयाेग गर्नुपर्दछ, नाै जनाले गर्ने भैसके।मैले तिम्राे माया लागेर मात्र पहिल्यै जानकारी मात्र दिएकाे..” सरकाे आवाजले नै उसकाे मन रेटिरहेकाे थियाे।

सायद मन रेटिन कुनै धारिलाे तरबार नचाहिदाे रहेछ, बस् कसैका कुटिल वचन नै काफी हुँदा रहेछन्।बिस्तारै घर्राबाट नमीठाे आवाजसँगै सरकाे हातमा १० लाखकाे चेक र १० लाखकाे नगद मुठाे निस्कियाे। त्यही देखाउदै उनले भने -” भर्खर एउटाले सहयाेग गरेर गईसक्याे, यस्ताे अवस्थामा तिमीलाई हामीले कसरी सहयाेग गर्न सक्छाैँ?” सर बाेलिरहेका थिए तर उ केही सुन्न सकेन। उ छाँगाबाट खसेकाे घाइते जस्तै बन्याे। बाउअामाकाे चाउरि परेकाे गाला सम्झियाे । अर्काे पट्टि १०-१५ लाखकाे मुठाे सम्झियाे। उसकाे टाउकाे घुमायाे। उ केही बाेलेन र जुरूक्क उठेर हिड्याे ।सरासर काेठामा गएर ठङ्ग्रङ्ग पल्टियाे। आँखाभरि उसका सपना रिगेँ र रिगेँ ती शैक्षिक व्यपारका काला कर्तुत।अनि अर्काे पट्टि रिगे उसकाे भत्कन लागेका घर र आफूजस्ता कयाै पिडीतहरूकाे मुहार।

दिमागभरि सरका ती कल्पनातीत वाक्यहरूले कालसर्पले भन्दा बढी ठसिरहेका थिए। चिनजानका लाई फाेन गर्याे तर कहिकतैबाट सहयाेग मिल्ने छाँट देखेन । उसलाई प्रशंसा गर्नेहरू पनि झर्किएर जवाफ दिन थाले। उ भित्र‌ैदेखि अात्तियाे।बाउ आमालाई भन्न पनि सकेन।भनेर पनि के नै गर्न सक्थ्याे र! भएकाे जमिन पनि सकिएकाे थियाे उसकाे पढाइ खर्चमै। बाउअामा, त्याे रकम अनि सपना सम्झियाे तर आँसु बगाउन बाहेक केही सकेन। उसका आँसुसँगै वर्षाैँका सपनाहरू पनि बगिरहेका थिए। उसले आफ्ना आँसुलाई राेक्न सकेन किनकि त्यहाँ उसका कयाैँ ग्रहुँगा सपना बगिरहेका थिए।

भाेलिपल्ट नतिजा प्रकाशित भयाे तर उसकाे नाम प्रकाशित हुन सकेन। प्रकाशित गराइएन। एउटा बन्द काेठामा कैद गरियाे उसकाे नामलाई र बाध्यताले उ प्रकाशित हुन पाएन।

पर्सिपल्ट उसकाे काेठामा भिड लागेकाे थियाे । कयाैँ मानिस ढाैडदै उसकाे काेठासम्म अाईपुगेका थिए। मान्छेहरू कानेखुशी गर्दै थिए। कति राम्राे थियाे आदि इत्यादि। तर त्यहाँ उ थिएन, थियाे त केवल पङ्खामा झुन्डिएको उसकाे मूर्दा शरीर र भुँईभरि छरिएका प्रमाणपत्रका जलेका टुक्राहरू अनि कलेज टपेर पत्रपत्रिकामा छापिएकाे उसका समाचारका अस्तव्यस्त च्यातिएका पृष्ठहरू ।

उसले आत्महत्या गरेछ। म बाँचेर पनि मरेँ जस्तै बने।बलिन्द आँसु बगाएर रुनु बाहेक मसँग अर्काे उपाय पनि थिएन।आँसु बगाएरै उ फर्कने भए म जिन्दगीभर रुन पनि तयार थिएँ तर असम्भव थियाे म राेएर उ आउन। तर पनि आँसु नखसाल्न अाखाहरू मानिरहेका थिएनन्। खानतलासि गर्दा सिरानी मुनि भेटिएकाे उसका प्रमाणपत्र पछाडि लेखिएका उसका अक्षरले आफैलाई असह्य बनाईरह्याे। उसले अन्तिम पटक लेखेका उसका अक्षर एक जना यसरी पढ्दै थियाे-

“..मैले जिन्दगी पढाइमा खर्च गरेँ।तर थाहा थिएन पढाइले मेराे जिन्दगी खर्च गराईरहेकाे छ भनेर। म मिहिनेत गरेर अगाडि बढ्न चाहन्थे तर यहाँ अगाडि बढ्नेकाे खुट्टा समातिदाे रहेछ र म खुट्टा फुत्काउन असर्मर्थ रहेँ। मेरा बाबा अामाकाे जीवन सक्काएँ र मलाई थाहा छ मेराे पनि सकिएकाे अाजसम्मकाे २२ वर्षकाे जीवन न शिक्षा मन्त्रालयले फर्काउन स

क्छ , न मेराे कलेजले नै, अँहँ कसैले फर्काउन सक्दैन। म बाँच्नुकाे आधार मेरा सपनाहरू थिए र तीनै सपनाहरू आज अचानक आत्महत्या गरे जसकाे अनुसरण म गर्दै छु..!!

नमन मेरा माता पितामा”

पत्र सकियाे। उसलाई समातेर रुने सम्म तागत आएन ममा। उसका बाउअामाकाे तस्बिरले नै मलाई सताईरह्याे।बाेल्न , कराउन,सम्झाउन समेत सकिरहेकाे थिइन ।

उ अहिले चेतनाविहिन छ तर उ भन्दा कयाैँ वर्ष अघिदेखि नै यहाकाेँ शिक्षा प्रणाली चेतनाविहिन बनेकाे रहेछ आज थाहा पाउदैछु ।

.केही दिनमै सुन्नमा अायाे उसले कलेजलाई दिएकाे याेगदानकाे कदर गर्दै ३ दिन कलेज बिदा र चाैथाे दिन विशाल शाेकसभा गर्दै छ रे , जहाँ उपस्थिति हुनेछन् नेपालका शिक्षामन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरू र प्रशंसा गरिनेछ त्यहाँ उसका मृत्त-सर्टिफिकेटहरूकाे।

सुमन सापकाेटा “याैटा अपवाद