मुँडा उत्पादन गरि आम्दानी गर्दै डडेल्धुराका कैदीहरु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मुँडा उत्पादन गरि आम्दानी गर्दै डडेल्धुराका कैदीहरु



डडेल्धुरा । सीप भयो भने जस्तो पनि काम गर्न सकिन्छ भन्ने उदाहरण जिल्ला कारागार डडेल्धुराका कैदीबन्दीहरुले दिएका छ्न । उनिहरुले मुँडा उत्पादन गरी आम्दानी गर्न थालेका छन् ।

अरुबेला खेल खेलेर बिताउने कैदीबन्दीहरुले अहिले भने एक जनाबाट सिकेको सिपलाई समूहमै फैलाएका मात्र छैनन, राम्रो आम्दानी पनि गरिरहेका छन् ।

डडेल्धुरा जिल्ला कारागारका कैदीहरु अहिले आफ्नै लगानीमा निगालो, प्लाष्टिकको डोरी, सरिया तथा साईकलको टायर जस्ता बिभिन्न सामग्रीहरु प्रयोग गरि दैनिक दुई वटासम्म मुँडा बनाउन जुटेका छन् ।

यसरी बनाइएका मुँडाबाट कैदीहरुले ७ सयदेखि १४ सय रुपैयाँसम्म विक्री गर्दा आम्दानी पनि हुन थालेको कैदीबन्दी शिद्ध साउदले बताउनुभयो ।

मुँडा बनाउने सिप सिकेपछि कारागारमा रहेका ४८ जना कैदी बन्दी मध्ये दश बाह्र जना अहिले मुँडा बनाउनमै व्यस्त हुने गरेका छन् । फाइल तस्बिर :