मुग्लिन सडकखण्डलाई दशैँभर उच्च सुरक्षा दिइने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मुग्लिन सडकखण्डलाई दशैँभर उच्च सुरक्षा दिइने



भदौ ३०, काठामाडौं-

दशैंको मुख्य चुनौती मुग्लिङ नारायणगढ सडक खण्डको पहिरो भएको निष्कर्ष निकाल्दै प्रहरीले उक्त सडकलाई विशेष सुरक्षा दिने निर्णय गरेको छ ।

प्रहरी प्रवक्ता, डीआईजी मनोज न्यौपानेका अनुसार,

-प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सडक आयोजना प्रमुखलगायत सरोकारवालको बैठकपछि मुग्लिङ सडकको २४सै घण्टा सुरक्षा दिई यात्रुलाई सहज रुपमा आवतजावत गर्ने व्यवस्था मिलाइएको छ ।

-सडक खण्डमा ६ वटा टोली परिचालन भएको छ ।

-टोलीले २४सै घण्टा अनुगमन गर्ने, ६ वटा स्काभेटरसहित हेभी इक्युपमेन्ट राख्ने, पहिरो आए वा यात्रुवाहक सवारी साधन बिग्रिए तत्काल हटउने, प्रत्येक हप्तामा सुधार गर्नेलगायतका योजना लागू गरिएको छ ।

-सडक खण्डमा यात्रुको सुरक्षाका लागि ३ वटा अस्थायी पोष्ट स्थापना गरिएको छ ।

नेपाल समाचारपत्रमा खबर छ ।