मुग्लिन नारायणगढ सडक खण्डमा पहिरो, सडक अवरुद्ध - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मुग्लिन नारायणगढ सडक खण्डमा पहिरो, सडक अवरुद्ध



राजेन्द्र आचार्य,२२ भदौ, चितवन ।

गएराति वर्षासँगै आएको पहिरोले मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । राति १ बजे आएको पहिरोको कारण ४ वटा घरहरुमा समेत क्षति पुर्‍याइएको छ ।

पहिरोले चण्डिभञ्ज्याङ्ग-९ का किसान गुरुङ्ग र टायर पसल बस्दै आएको घरमा क्षति पुर्‍याएको छ । पहिरो गएको समयमा सोही घरमा रहेका गुरुङ्ग पहिरो र्झन थालेसंगै भागेर ज्यान बचाउन सफल भएका छन् ।

अहिले पहिरो हटाउन २ वटा लोडर र १ वटा स्काभेटरको प्रयोग गरिएको छ । पहिरो रोकिएपछि विहान ६ बजेबाट उक्त पहिरो हटाउन सुरु गरिएको छ ।

पहिरो ठूलो भएको कारण अझै ३ देखि ४ घण्टा लाग्न सक्ने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिए ।