भिम रावललाई शंकर पोखरेलले फर्काए मुखभरीको जवाफ - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

भिम रावललाई शंकर पोखरेलले फर्काए मुखभरीको जवाफ



काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका नेता शंकर पोखरेलले एमालेकै नेता भिम रावललाई मुखभरीको जवाफ फर्काएका छन् ।

सर्वोच्च अदालतले ओली-प्रचण्ड नेतृत्वको नेकपा खारेज गरि एमाले र माओबादी केन्द्र ब्युंताएपछि पोकारेलले आफ्नै पार्टीका सांसद भीम रावललाई जवाफ फर्काएका छन्।

रावलले संसद बैठकमा सर्वोच्चको दल एकीकरण खारेज फैसलापछि प्रधानमन्त्री कुन पार्टीको हो ? अब प्रधानमन्त्री ओलीको हैसियत के हो ? भन्दै प्रश्न गरेका थिए ।

पार्टी एकीकरण नै खारेज भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वैधता गुमाएको रावलको टिप्पणीप्रति पोखरेलले प्रधानमन्त्री एमालेकै भएको भन्दै यस्तो प्रश्न सोधिरहनै नपर्ने भन्दै जवाफ फर्काएका हुन् ।

रावलको प्रश्नको जवाफमा मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री नेकपा एमाले पार्टीकै भएको बताएका छन् । फेसबुकमा पोखरेलले लेखेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्री चयन हुँदाको अवस्थातर्फ नै फर्काएको हुँदा प्रधानमन्त्री कुन पार्टीको भनेर सोधिरहनै परेन।’