मुख्यमन्त्री भट्टका सवारी चालकलाई कोरोना पुष्टि, मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टाइनमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मुख्यमन्त्री भट्टका सवारी चालकलाई कोरोना पुष्टि, मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टाइनमा



कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमणको पुष्टि भएको हो ।

सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

आफ्नै निवासमा सुरक्षित ढंगले बसेको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव शिव सिंह ओलीले जानकारी दिए । मुख्यमन्त्री भट्टले भोली कोरोना परीक्षण गराउने समेत उनले जानकारी दिए । चालकसहित धनगढीका ६ जनामा आज संक्रमण पुष्टि भएको छ ।