मुकुन्द रिजालको प्रस्ताव: महानगरमा फोहरमैला संकलन निशुल्क गरौँ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मुकुन्द रिजालको प्रस्ताव: महानगरमा फोहरमैला संकलन निशुल्क गरौँ



काठमाडौं महानगरपालिका वडा नम्बर ६ का भाइरल वडाध्यक्ष मुकुन्द रिजालले जनताबाट फोहरमैला संकलनको पैसा उठाउन नहुने भन्दै यसलाई निशुल्क गर्न प्रस्ताव गरेका छन् ।

रिजालले व्यवसायको कर पनि तिर्ने, घरबहाल कर पनि तिर्ने, सम्पत्ती कर पनि तिर्ने जनताबाट फोहर संकलनको शुल्क लिन नहुने भन्दै यसलाई निशुल्क गर्न माग गरेका छन् । जनतालाई जनचेतना फैलाएर फोहर छुट्याउन सहयोग गर्नुपर्ने समेत बताएका छन् ।

महानगरको दोस्रो कार्यपालिका बैठकमा रिजालले नगरबासीको फोहर संकलन नगरपालिका आफैले गर्नुपर्ने समेत प्रस्ताव गरेका छन् । उनले बिचौलियाले फोहर उठाउने र मनलाग्दी पैसा पनि उठाउने गरेकाले यसको अन्त्य गर्नुपर्ने बताए ।

रिजालले नगरपालिकाले महानगरबासीलाई तीन खालको बाल्टिन दिएर फोहर राख्न सिकाउनु पर्ने पनि बताएका थिए ।

पहिलो बैठकमा उत्तेजित भाषण गरेर भाइरल भएका रिजाल आजको बैठकमा भने निकै संयमित बनेका थिए । यसअघि हिजो मात्रै महानगरका मेयर बालेन शाह रिजालको घरमै पुगेर ‘लन्च मिटिङ्ग’ गरेका थिए ।