आईपीएलमा मुम्बईको बिजोग - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आईपीएलमा मुम्बईको बिजोग



इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार चौथो हार व्यहोरेको छ । धेरै वर्ष लगातार उपाधि जितेको मुम्बई यसपटक भने आफ्नो शाख राख्ने अवस्थामा देखिएको छैन ।

शनिबार भएको खेलमा मुम्बई रोयल्स च्यालेन्जर्स बैंगलोरसँग ७ विकेटले पराजित भएको हो । पुनेमा मुम्बईले जितका लागि दिएको १५२ रनको लक्ष्य पछ्याएको बैंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

बैंगलोरका लागि अनुज रावतले ६६ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले २ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै कप्तान विराट कोहलीले ४८ रन बनाए । ३६ बल खेलेका उनले ५ चौका प्रहार गरे । फाफ डू प्लेसीले १६ रन बनाए । बलिङतर्फ मुम्बईका लागि जयदेव गटाखण्ड र डेवाल ब्रेविसले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनायो । मुम्बईका लागि सुर्यकुमार यादवले नट आउट ६८ रनको अर्धशतकीय पारी खेले । ३७ बल खेलेका उनले ५ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै इसन किसन र कप्तान रोहित शर्माले समान २६–२६ रनको योगदान गरे ।

बलिङतर्फ बैंगलोरका लागि वानिन्दु हर्शरंङ्गा र हर्शल पटेलले दुई–दुई विकेट लिए । त्यस्तै आकाश दीपले एक विकेट लिए । जितसँग बैंगलोरले ४ खेलबाट ६ अंक जोडेको छ । बैंगलोर तालिकाको तेस्रो स्थानमा छ । पराजित मुम्बईले हालसम्म जित निकाल्न सकेको छैन ।